‘रंगी’ बनाउँदै सलोन बस्नेत ।

सलोन सलिना फिल्मसको ब्यानरमा बन्ने फिल्म ‘रंगी’ को निर्माण घोषणा भएको छ । धेरै फिल्ममा सह निर्देशन गरिसकेका सुरेश न्यौपानेको यो डेब्यू निर्देशन हो । 

यो फिल्म बाबु र छोरीको कथामा बन्ने निर्माण पक्षले जानकारी दिएका छन् । सक्षम सुवेदीको निर्माण रहेको यो फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् । 

असाेज ११ गतेबाट काठमाण्डौमा छायांकन सुरु हुने यस फिल्मलाई सौरभ लामाले खिच्ने भएका छन् । निर्माण घोषणा भएपनि फिल्मका कलाकार भने अझै फाइनल भएका छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *