हिन्दी सिनेमाका चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणले आफ्नो पहिलो सन्तानको रूपमा छोरी पाएका छन् । दीपिकाले गएको शनिवार मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
दीपिकाले यही वर्ष २८ फेब्रअरीमा आफ्नो सामाजिक सञ्जलमार्फत गर्भावस्थाको घोषणा गरेकी थिइन् । गत शुक्रबार दीपिका र श्रीमान रणवीर आफ्ना परिवारसंग सिद्धिविनायक मन्दिर पुगेका थिए।
दीपिका र रणवीरले एक अर्कालाई पहिलो पटक फिल्म ‘गोलियो की रासलिला: रामलीला’ को सेटमा भेटेका थिए । सँगै काम गर्ने क्रममा उनीहरू प्रेममा परेका थिए र ५ वर्षको प्रेम सम्बन्धपछि सन् २०१८ मा उनीहरूले विवाह गरेका हुन् ।
घरमा छोरी जन्मेपछि उनीहरूका सम्पूर्ण घर परिवारमा खुसीको माहोल रहेको देखिन्छ र उनीहरुलाई आफ्ना प्रशंसक र अन्य बलिउड सेलिब्रेटीहरुले बधाई तथा शुभकामना दिईरहेका छन् ।