modibeni Nepali Film

‘बोक्सीको घर’को टिजर रिलिज।

अन्तर्राष्ट्रिय नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर  नेपाली चलचित्र ‘बोक्सीको घर’को टिजर सार्वजनिक गरिएको छ। आठ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’मा आधारित रहेर निर्माण गरिएको यो चलचित्र सामाजिक-थ्रिलर जनरामा निर्माण भएको छ। महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर यो चलचित्र निर्माण भएको हो ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन। यस्तै कार्यकारी निर्मातामा राज घिमिरे रहेका छन्। केकी अधिकारी फ्लिम्सको प्रस्तुतिमा निर्माण भएको “बोक्सीको घर” मा केकीका अलावा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ |

सेयर गर्नुहोस्