असोजको ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खुस्मा’ को ट्रेलर सार्वजनिक भएको छ । अशोक थापा मगरको निर्देशन रहेको यो फिल्मको ट्रेलरमा जनयुद्धकालको एक प्रेमी जोडीको प्रेम र विछोडको कथालाई देख्न सकिन्छ ।
वीर बहादुर लामा, चन्द्र भट्टचन्द, वेतानी मगर र मन बहादुर मगरको लगानी रहेको यस फिल्ममा धीरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, राज थापा काउच, विजय सुब्बा, अरुण मगर लगायत कलाकारहरुको अभिनय रहेको छ ।
अशोक थापा मगरको कथा तथा पटकथा रहेको छ भने दीपक बज्राचार्यको छायांकन, अशोक थापा मगरको सम्पादन, एसडी योगी, पार्क चान्जी र सरिता राईको संगीत छ ।