चलचित्र विकास बोर्डले १८ सिनेमा हलहरुलाई पत्र काटेको छ ।

चलचित्र विकास बोर्डले चलचित्र शुल्कको बक्यौता रकम तिर्न र बक्स अफिसमा जडान तथा अद्यावधिक गर्न भन्दै उपत्यका बाहिरका १८ सिनेमा हलहरुलाई पत्र काटेको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले अन्तिम पटकका लागि भन्दै गत साता ताकेता साबित पत्र काटेका हुन ।

जोशी टाकिज कैलाली, सेती महाकाली टाकीज महेन्द्रनगर, नुवाकोटको जगदम्बा चलचित्र मन्दिर, हेटौंडाको ओमेक्स चलचित्र मन्दिर, दाङको भीएफएक्स सिनेमाज् प्रालि, पोखराको हिमाज जादुज, विराटनगरको हिमालय टाकिज, बुटवलको द्वारिका उदय सिनेमा र वीरगञ्जको बजरंगी पिक्चर्स प्रालिलाई पत्र काटिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *