निश्चल बस्नेतको नयाँ फिल्म ‘डेनी डेन्जरस’ को निर्माण घोषणा भएको छ । निश्चलले बुधबार आफ्नो सामाजिक संजाल फेसबुकमा एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्देशन गर्ने घोषणा गरेका हुन् ।
ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुने यो फिल्मलाई सन् २०२५ मा प्रदर्शन गरिने पोस्टरमा देखाइएको छ । फिल्मको छायांकन तिहारपछि सुरु गरिने बताइएको छ ।
वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’ बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चलको यो पाँचौं निर्देशकीय फिल्म हुनेछ । यो फिल्म एक्सन ग्याङ्स्टार जनरामा बन्ने पोष्टरबाट देख्न सकिन्छ।