फिल्म ‘दुखी आत्मा’को छायांकन सुरु ।

दीपेन्द्र लामाको निर्देशन रहेको नयाँ फिल्म ‘दुखी आत्मा’ को छायांकन सुरु भएको छ । अभिनेता दयाहाङ राई र आँचल शर्माले यही २४ गतेबाट छायांकन सुरु गरेका हुन् । 

आलोक शुक्लाको छायांकन रहेको यो फिल्मको  उपत्यकाका बिभिन्न ठाउँहरूमा सुटिङ भइरहेको छ । सुटिङ सेटबाट दयाहाङ राई र आँचल शर्माको केही तस्विरहरु पनि बाहिरिएका छन् ।

आरआर फिल्मस्को वितरण रहेको यो फिल्ममा दयाहाङ र आँचलसँगै अनुपविक्रम शाही,बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल,आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङ लगायत कलाकारहरुको अभिनय रहने छ ।

क्लक वर्क कृएसन्सको ब्यानरमा निर्माण हुने यो फिल्मको कथा सोसियल कमेडी जनरको रहेको छ भने सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *