संचार सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच कार्य सम्पादनको सम्झौता ।

संचार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा यस आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने कार्यबारे सम्झौता भएको छ । 

संचार सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच पनि कार्य सम्पादनको सम्झौता भएको छ ।

सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माण, सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमदेखि मोफसलमा सिनेमाको स्तरोन्नतीका योजनासम्म समेटिएका छन् । 

सम्झौतामा हस्ताक्षर गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष डीसीले आगामी ६ महिनाको कार्य अवस्थाको प्रतिवेदन समेत बुझाउने जानकारी दिएका छन् । मन्त्रालयले आइतबार मातहतका अन्य निकायसँग समेत कार्य सम्पादन सम्झौता गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *