साउथ सुपरस्टार थलापति विजयको अन्तिम फिल्म ‘थालापति ६९’ को घोषणा।

साउथ सुपरस्टार थलापति विजयको अन्तिम फिल्म ‘थालापति ६९’ को शनिबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको छ । फिल्मको निर्माण टिमले सन् २०२५ को अक्टोबरमा फिल्म प्रदर्शन गर्ने घोषणा गरेका छन् । 

तमिल, तेलुगू र हिन्दी भाषामा निर्माण हुने यो फिल्मबाट विजयले आफ्नो तीन दशक लामो करिअरको अन्त्य गर्दै राजनीतिमा सक्रिय हुने छन् । फिल्मको निर्देशन एच. विनोथले गर्दैछन ।

विजयले ६ महिना अगाडि आफ्नो राजनीतिक दलको घोषणा गरेका थिए। सन् २०२६ को ‘विधान सभा’ मा उनको पार्टीले चुनाव पनि लड्ने घोषणा गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *