‘मायावी’ को प्रदर्शन मिति सरेको छ ।

दिवाकर भट्टराईको निर्देशन रहेको फिल्म ‘मायावी’ को प्रदर्शन मिति सरेको छ । आगामी कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने भनिएको हो फिल्म अब पौष २६ गते प्रदर्शन हुने भएको छ।

प्रदीप खड्काको ‘एक्टर’ र प्रकाश सपुतको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ लाई बधाई दिँदै निर्देशक भट्टर्राईले प्रदर्शन मिति सरेको घोषणा गरेका हुन्।

अभिनेता पल शाहको मुख्य भुमिका रहेको यो फिल्ममा पल सँगै दीपिका प्रसाई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाई लगायत कलाकारहरुको अभिनय रहेको छ।

क्रिएटिभ सिने आर्ट्सको प्रस्तुतिमा बनेको यस फिल्ममा राजु थापाको छायांकन, एसडी योगीको संगीत र राम अविरल संगीत रचना रहेको छ। राज कटुवाल र चन्द्र पन्त यस फिल्मका निर्माता हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *