भोलि असोज ३ गते अर्थात संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’ को हिजो कमलपोखरी स्थित बिग मूभिजमा प्रिपियार शो आयोजना गरिएको छ । फिल्मको निर्देशन अशोक थापा मगरले गरेका हुन् ।
प्रिमियर शोमा फिल्म हेरेका धेरैले फिल्म राम्रो बनेको र फिल्मको कथावस्तु पनि माओवादी द्वन्दको असर परेका सबैले आफूलाई परेको महसूस गर्ने बताएका छन्। प्रिमियरमा फिल्मकर्मी र पत्रकार संगै केही राजनीतिज्ञहरूको पनि बाक्लो उपस्थिती थियो।
प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक रामबाबु गुरुङ, निश्चल बस्नेत, घनश्याम लामिछाने, लेखक प्रदीप भारद्वाज, कलाकारहरु आशीर्वाद क्षेत्री, गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर लगायतको बाक्लो उपस्थिती थियो ।
दीपक बज्राचार्यको छायांकन रहेको यस फिल्ममा धीरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खडक बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीत थापा मगर, अरुन मगर, सारा राई लगायत कलाकारहरुको अभिनय रहेको छ।
चन्द्र बहादुर भट्टचन, वीर बहादुर लामा, मान बहादुर धनाह मगर र बेतान मगर यो फिल्मका निर्माता हुन् भने सुस्मिता बुढाथोकी सह निर्माता हुन् । एसडी योगी र छान्जु पार्क(कोरियन) को संगीत रहेको छ भने सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक अशोक थापा मगरको गीत रचना गरेका छ ।