मिन बहादुर भाम निर्देशीत फिल्म ‘शाम्बाला’ अधिकारिकरुपमै नेपालबाट अस्कर अवार्डमा सिफारिस ।

हाल प्रद्रशनमा रहेको मिन बहादुर भाम निर्देशीत फिल्म ‘शाम्बाला’ अधिकारिकरुपमै नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको छ । अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।

यो फिल्मलाई ९७ औं एकेडेमी अवार्ड्समा सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्मको लागि नेपाली प्रविष्टिको रूपमा पनि चयन गरिएको छ । यो प्रतिस्पर्धामा नेपालबाट एकमात्र चलचित्रको आवेदन परेकोमा ‘शाम्बाला’ स्वतः छनोट भएको समाचार यसअघि सार्वजनिक भएका थिए।

विज्ञप्तिमा भनिएको छ “ फिल्म एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम अब्बल दर्जाको सिर्जना रहेकोमा प्राविधिक पक्ष, कथ्य प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण प्रस्तुति तथा प्रस्तुतिको कलात्मक बनोट आदिलाई दृष्टिगत गरि अवार्डका लागि शाम्बालालाई छनोट गरिएको छ ।” 

९७ औं अस्कर अवार्ड आगामी मार्च ३, २०२५ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *