लक्ष्मण सुनारको निर्देशन रहेने फिल्म ‘कल्ली’ मा अभिनेता अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाल अनुबन्धित भएका छन्। निर्माणपक्षले केहि दिन अगाडी पल शाहको ठाउँमा अभिनेता सौगात मल्ललाई अनुबन्धित गरेका हुन्।
किरण नेपालीको प्रस्तुति रहने यो फिल्मको निर्माणपक्षले फिल्म यही वर्षको चैतको २९ गते प्रदर्शन गर्ने तयारी रहेको जानाएका छन् । रेड बर्ड प्रोडक्शन र कस्तूरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने यस फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।
पौराणिक कथामा आधारित यो फिल्मको छायांकन तिहारपछि सुरु गरिनेछ। फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न ठाउहरुमा गर्ने तयारी रहेको निर्माण पक्ष्यले जानकारी दिए ।