भारतीय अभिनेता प्रकाश राज काठमाडौँ

भारतीय अभिनेता प्रकाश राज हिजो शनिबार काठमाडौँ आइपुगेका छन् । दक्षिण भारतीय फिल्म ‘ज्याक’ को  छायांकनका लागि उनि हिजो काठमाडौं आइपुगेका हुन् । 

आज आइतबारबाट छायांकन सुरु भएको यो फिल्मको लागि उनीले हिजो अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। बोमारिल्लु भास्करको  निर्देशन रहेको यो फिल्मको नेपालमा सुरज आचार्य, अरुण रेग्मी र सुुरेश अधिकारीको कम्पनी थ्री ह्विलर्सले व्यवस्थापन गर्दै छन् । 

त्यो फिल्म निर्माण व्यवस्थापकमा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा र मनोज जोशी रहेका छन् ।  फिल्मको छायांकन ५ दिनदेखि काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भैरहेको छ। 

वेंकटेश्वर सिने चित्रको निर्माण रहेको यस फिल्मको ८० प्रतिशत छायांकन सकिएको र बाकी २० प्रतिशत काठमाडौँ हुने निर्माण पक्ष्यले जानकारी दिएका छन्। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *