अभिनेता विपिन कार्की आइतबारदेखि काममा फर्किएका छन्।

आमाको निधनपछि अभिनेता विपिन कार्की आइतबारदेखि  काममा फर्किएका छन् । उनले आफ्नो आगामी फिल्म ‘तेलभिसा’ को डबिंग सुरु गरेका छन्। शंकर घिमिरेको निर्देशनमा तयार भइरहेको यो फिल्मको डबिंग पछि विपिन ‘ऊनको स्वीटर’ को बाँकी छायांकनमा जाने छन् । 

यो फिल्ममा विपिनले वृद्ध र जवान गरी दुइ चरित्र निर्वाह गरेका छन् भने  विपिनका अलावा फिल्ममा  वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र केही विदेशी कलाकारहरुको मुख्य अभिनय रहेको छ। 

पछिल्लो फिल्म ‘ऊनको स्वीटर’ को छायांकनको क्रममा उनकी आमाको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको थियो । निर्माण पक्ष्यले केहि दिनमा फिल्मको डबिङ सकिने जानकारी दिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *