अभिनेता बिराज भट्टको निर्देशनमा तयार फिल्म “१२ गाउ” को दोश्रो ‘कसो कसो’ बोलको गीत सार्वजनिक भएको छ। हिजो सोमबार सार्वजनिक भएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार समिर भट्ट र सोनु चन्द्रपाललाइ रोमान्टिक अवतारमा देख्न सकिन्छ। बिराज भट्टका छोरा समिरको यो डेब्यु फिल्म हो भने दक्षिण भारतीय अभिनेत्री सोनु चद्रपालको यो पहिलो नेपाली फिल्म हो।
सुगम पोखरेल र सदीक्ष्या कट्टेलको स्वर रहेको यस गीतमा निरज सिंहको संगीत, सुबाश चन्द्र ढुंगेलको शब्द रहेको छ भने रामजी लामिछाने को नृत्य निर्दशन रहेको छ। विराजको कथा, सन्तोष सरकारको पटकथा तथा संवाद रहेको यो फिल्ममा समीर सँगै सोनु चन्द्रपाल विराज भट्ट, दिया मास्के, नरेन खड्का, कृष्ण भट्ट, न्यान्सी खड्का, सनिषा भट्टराई, भीष्म जोशी, मुरलीधर, कनिज कोइराला लगायत कलाकारहरुको अभिनय रहेको छ।
महेश पौडेलको छायांकन रहेको यस फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रवीण केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
यो फिल्म असोज २४ गते अर्थात् फूलपातीको अवसरमा प्रदर्शनमा आउने भएको छ। छक्का पन्जा ५ र ज्वाई साब पनि त्यहि मीतिमा प्रदर्शन हुदैछन।