एक्सन थ्रिलर फिल्म ‘डिएनए’ को टिजर सार्वजनिक।

एक्सन थ्रिलर जनरामा बन्ने नया फिल्म ‘डिएनए’ को टिजर सार्वजनिक गरिएको छ । छायांकन सुरु हुनु अगाडि नै फिल्मको ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक गरिएको हो।  फिल्मको टिजरमा नव अभिनेता सुधन पोखरेललाइ एक्सन अवतारमा प्रस्तुत गरिएको छ । 

बाकसबाट निस्किएको अनौठो प्रकाश कुनै पौराणिक वस्तुको प्रतीक भएको  देख्न सकिन्छ । पौराणिक कथाको आधुनिक अनुकूलनमा आधारित यस फिल्ममा सुधन पोख्रेल सँगै दिपक केसी र चिरायु पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ। 

चानस पुन मगर र मणि रत्न त्रिपाठीको  लेखन र निर्देशन रहेको यो फिल्ममा  सुशान्त केसी र प्रशान्त योगीको छायांकन, राजु तामाङको एक्सन निर्देशन, मानस्वी मालाकारको सङ्गीत र गणेश क्षेत्रीको सम्पादन रहेको छ।

कुमार भास्कर निर्माता रहेको यस फिल्मका एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता बिकाश भण्डारी हुन् । फिल्मको छायांकन आउदो फागुन महिना बाट सुरु हुने निर्माण पक्ष्यले जनाएका छन्। 

टिजर यस्तो छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *