प्रदीप खड्का अभिनित फिल्म ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी रोमान्टिक अवतारमा देखीएका छन्।
१० वर्षपछि अभिनयमा कमब्याक गरेका अभिनेता राजवल्लभ कोइरालालाई पनि पहिलेको भन्दा केही फरक पात्रमा देख्न सकिन्छ। प्रदीप खड्कालाई यस फिल्ममा विभिन्न चरित्रहरूमा देख्न सकिन्छ ।
राजन भुसालले निर्देशन गरेको यो फिल्ममा प्रदिप, आना, र दिव्या सँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौला लगायत कलाकारहरुको अभिनय रहेको छ।
थमन कुमार भण्डारीको निर्माण रहेको यो फिल्मलाई अदृत फिल्मस् र मोती फिल्मस्ले प्रस्तुत गरेको छ। नरेन्द्र मैनालीको छायांकन रहेको यस फिल्ममा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ भने साहिल खान पोस्ट-प्रोडक्सन सुपरभाइजर हुन।