नेपाली फिल्म क्षेत्रका एक्सन स्टार निखिल उप्रेतीले कपाल प्रत्यारोपण गरेका छन् । उनले दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकमा सर्जन डा.रूपक घिमिरे मार्फत नयाँ कपाल प्रत्यारोपण गरेका हुन् ।
नयाँ फिल्म निर्माण तथा निर्देशनको तयारीमा रहेका निखिल अब केही समयपछि नयाँ कपालका साथमा पर्दामा देखिनेछन् । उनी नयाँ कपालसहित नयाँ फिल्म लिएर आउने तयारी गरिरहेका छन् ।
अभिनेता समेत रहेका ‘डा.घिमिरेसँग हेयर कन्सल्ट गरिरहेका निखिलले आवरणमा अनुभवी सर्जन डाक्टरहरूसँगै उच्चतम प्रविधि उपलब्ध भएका कारण आफूले हेयर ट्रान्सप्लान्ट गरेको बताए ।