फिल्म ‘सानो संसार’ को प्रदर्शन स्थगित।

असोजको ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘सानो संसार’ को प्रदर्शन आइतबारदेखि रोकिएको छ। फिल्मको निर्माण पक्ष्यले बाढीपहिरो र प्राकृतिक विवत्तिले मनिसलाई आवत जावत गर्न असहज भएका कारण प्रदर्शन रोक्ने निर्णय गरेको बताएका छन्। 

शुक्रबारदेखिको लगातार भएको बर्षा र झरीको कारण जनजीवन संगै चलचित्र क्षेत्र पनि प्रभावित भएको छ।  प्रदर्शनमा आएका फिल्महरु पनि दर्शक नआएककारण प्रदर्शन रोकिएको छ भने छायांकन भइरहेका फिल्म्हारुको पनि छायांकन रोकिएको छ। 

वातावरण सहज भएपछी फिल्म पुन: प्रदर्शन हुने निर्माता अर्जुन कुमार र माधव वाग्लेले जनाएका छन्। निर्माता कुमारले फिल्मको प्रदर्शन रोकेर दर्शकलाई पर्न गएको असुविधाप्रति क्षमा मागेका छन्। फिल्मको नया प्रदर्शन मिति पनि चाडै सार्वजनिक गर्ने निर्माण पक्षले जनाएका छन्। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *