सरोज पौडेलको निर्देशन रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द संगीत र स्वर रहेको छ।
गीतको भिडियोमा चौतारीमा लुकीलुकी मायालु संग भेटेको प्रेम र दुःखको कुराहरू समेटेको देख्न सकिन्छ।
यसअघि यो फिल्मको गीत ‘काँधेकुरी’ सार्वजनिक भएको थियो ।
सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विजय बराल, प्रकाश सपुत, बुद्धि तामाङ, भोलाराज सापकोटा, अञ्जना बराइली, देशभक्त खनाल लगायत कलाकारहरुको अभिनय रहेको छ।
विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको यस फिल्म कात्तिक १५ गते प्रदर्शन हुँदैछ ।