कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ह्रस्व दीर्घ’ नेपाली र हिन्दि भाषामा एकै साथ प्रदर्शन हुने भएको छ। निर्माण पक्षका अनुशार फिल्मलाई नेपाली र हिन्दि भाषामा एउटै मितिमा प्रदर्शन गरिने भएको छ।
निता फिल्म्सको प्रस्तुति रहेको यस फिल्मको बिदेश वितरण अधिकार सेभेन सिज इन्टरटेनमेन्टले
खरिद गरेको छ। फिल्ममा नीता ढुंगाना संगै हरिहर अधिकारी, रेखा थापा, संचिता लुइँटेल, बिपना थापा, सरोज खनाल, गरिमा शर्मा, बुद्दि तामांग, किरण केसी, रबिन्द्र झा, नरेन खड्का लगायत कलाकारहरुको अभिनय रहेको छ।
चन्द्र पन्तको निर्देशन रहेको यस फिल्ममा दक्षिण भारतीय कलाकारहरु ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको पनि अभिनय रहेको छ।
यो फिल्ममा अभिनेता हरिहर अधिकारीको कथा प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ भने फिल्मलाई भारतीय छायांकार कवीर लालले खिचेका हुन् ।