अभिनेता ‘सुनिल थापा’ अभिनित फिल्म ‘देववाणी’ को टिजर केहिदिन अगाडी सार्वजनिक भएको छ। मङ्सिर ७ गतेबाट प्रदर्शनमा आउने यो फिल्मलाई बाबु शाहेब बलामीले निर्देशन गरेका हुन्।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा सुनिल थापाका अलावा कुन्दन भारद्वाज, रबिन्द्र झा, अनुजा लेप्चा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीको अभिनय रहेको छ।
मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल हुन्।
निराजन मेहता मन्जिलको पटकथा तथा संवाद रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको एक्सन, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत र बन्दे प्रसादको सम्पादन रहेको छ।
टिजर यस्तो छ।
