दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता श्रीकान्त मेका पत्नी र दुई सहयोगीसहित सोमबार काठमाडौं आइपुगेका छन् । श्रीकान्त चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको निम्तोमा नेपाल घुम्न आएका हुन्।
पशुपति मन्दिर दर्शन गरिसकेक उनले नेपालका अरु धार्मिक स्थल घुम्ने योजना रहेको जनाएका छन्। तेलुगु, तामिल, कन्नडा र मलायलमसहितका १२० फिल्ममा उनले अभिनय गरेका छन् ।