‘खिलबहादुर गुरुङ’ को निर्देशन रहने फिल्म ‘रिमै’ को छायांकन मंगलबारदेखि गोरखाबाट सुरु।

‘खिलबहादुर गुरुङ’ को निर्देशन रहने फिल्म ‘रिमै’ को छायांकन मंगलबारदेखि गोरखाको सिरानचोकबाट सुरु भएको छ । मुहूर्त सटमा अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङले साथ दिए । यस अघि दयाहाङ र रिश्माले  ‘कबड्डी’ को भाग १ र २ मा संगै काम गरेका थिए। 

रोहित कट्टेलको  प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता  रहेको यो फिल्म छायांकन  गोरखाको सिरानचोक, झारगाउँ, कुलगाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा एक महिनासम्म चल्नेछ ।

फिल्ममा दयाहाङ र रिश्माका अलावा बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरबल घले, डिबी गुरुङ लगायतका कलाकारको अभिनय रहने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *