रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको ‘कल्ली’ मा अभिनेता नाजिर हुसेन र अभिनेत्री बर्षा राउत अनुबन्धित भएका छन्।
यसअघि फिल्ममा सौगात मल्ल, अर्पण थापा, वुद्धि तामाङ, कमलमणी नेपाल र बेनिशा हमाल अनुबन्धित भइसकेका छन् ।
निर्माण पक्षले केही समय अगाडी कलाकार उत्तम प्रधान, माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राई पनि फाइनल गरिसकेका छन्।
किरण नेपालीको लगानी रहेको यो फिल्ममा लक्ष्मण सुनारको लेखन र निर्देशन रहनेछ भने पटकथा तथा संवाद महेश दवाडीको रहेको छ ।
फिल्मको छायांकन पौषको २० गतेबाट सुरु हुने निर्माण पक्षले जनाएका छन् ।