एक्सन फिल्म ‘आउटलः दफा २१९’ को नयाँ प्रदर्शन मिति सार्वजानिक ।

एक्सन फिल्म ‘आउटलः दफा २१९’ को नयाँ प्रदर्शन मिति सार्वजानिक गरिएको छ । यो फिल्म अब फागुनको २९ गतेबाट नेपालभर प्रदर्शन हुने भएको छ। यो फिल्म असोज ३ गते बाट पोष्टपोन्ड भएको थियो ।

विक्की महर्जनको निर्देशन रहेको यो फिल्ममा अभिनेता सुशील श्रेष्ठ सँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुन, आयन परियार लगायत कलाकारहरुको अभिनय रहेको छ।

अमित अग्रहरिको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता विनोद कडायत रहेका छन् भने सह निर्माताका रूपमा विकास चौधरी रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *