यादवकुमार भट्टराइको निर्देशनमा तयार भएको फिल्म ‘झिल्को’ प्रदर्शन मिति तय गरिएको छ। निर्माण पक्षले फिल्मलाई आउँदो बर्षको वैशाख १९ गतेबाट प्रदर्शन गर्ने घोषणा गरेको छ ।
सुशीला आचार्य र राम गोपाल थापाको लगानी रहेको फिल्ममा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल लगायत कलाकारहरुको अभिनय रहेको छ।
पोष्ट प्रोडक्सनमा थप केही काम गर्नुपरेको कारण पौष ५ बाट पोष्टपोण्ड गरिएको यो फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।