प्रदीप शाहीको निर्देशनमा तयार भएको यो फिल्मका मुख्य दुई कलाकारहरू कविता नेपाली र जेमी बेकनको लुक्स सार्वजनिक गरिएको छ । फिल्ममा कविता ‘एरियल’ र जेमी ‘ज्याक’को भूमिकामा रहेका छन् ।
निर्माणपक्षले यसअघि नै अभिनेता प्रदीप खड्काको लुक्स सार्वजनिक गरिसकेको छ । फिल्ममा बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवनराज उप्रेती लगायत कलाकारहरुको पनि अभिनय रहेको छ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको यो फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ भने राजु तामाङको एक्सन छ । फिल्मको छायांकन अपर मुस्ताङ र काठमाडौंमा गरिएको हो ।