भारतीय संचार माध्यम अनुसार पुष्पा स्टारार दक्षिण भारतीय अभिनेता ‘अल्लू अर्जुन’ को हैदराबादस्थित घरबाहिर उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूले तोडफोड गरेका छन् ।
भारतीय मेदियाका अनुसार बिद्यार्थीहरु अल्लु अर्जुनको घर भित्र छिर्न खोज्दा पुलिसहरुले रोक्न खोज्दा घरबाहिरका गमलाहरु तोडफोड गरेको हुन्।
भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार घटनामा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेका छन्। केही सञ्चार माध्यमका रिपोर्टअनुसार, विद्यार्थीहरूले अल्लू अर्जुनको घरमा टमाटर समेतफालेको जनाएका छन्।
घटना घटेको केही समयअघि अभिनेता ‘अल्लू अर्जुन’ ले आफ्नो सामाजिक सञ्जालमा आफ्ना प्रशंसकहरूलाई लेख्दै भनेका छन् , “कुनै पनि अनलाइन वा अफलाइन माध्यममा अपमानजनक भाषा प्रयोग नगर्न र कसैसँग दुर्व्यवहार नगर्न ।”
विद्यार्थीहरूले चलचित्र पुष्पा-२ को प्रिमियरका बेला हैदराबादस्थित सन्ध्या थिएटरमा भागदौड मच्चिँदा ज्यान गुमाएकी महिलाको परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका छन् ।
अभिनेता अर्जुनले पहिल्यै मृतक महिला रेवतीको परिवारलाई २५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरे संगै घाइतेलाइ उपचार गर्ने घोषणा गरेका थिए।