फिल्म ‘एक्टर: टेक वन’ को ‘के भरोसा गरम’ बोलको गीत सार्वजनिक।

माघ १६ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर: टेक वन’ को  ‘के भरोसा गरम’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेता प्रदीप खड्का, अभिनेत्री आना शर्मा र दिव्या रायमाझीलाइ देख्न सकिन्छ।  

हर्कुलस बस्नेतको सङ्गीत र स्वोररहेको गीतमा उर्मिला गुरुङको शब्द रहेको छ ।  गीतमा किरण थापा को ओरियोग्रफी रहेको छ। 

राजन भुसालको निर्देशन रहेको यो फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझीका अलावा राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, सुशील सिटौला, प्रदीप चौधरी लगायत कलाकारहरूको अभिनय रहेको छ। 

फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् भने थमन भण्डारीले निर्माण गरेका हुन्। फिल्ममा क्रियटिभ निर्माता मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

गीत सुन्नुहोस्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *