आज शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’ को बुधबार काठमाडौंमा प्रिमियर गरिएको छ । फिल्ममा दयाहाङ राइ संगै सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, वुद्दि तामाङ, श्रृष्टी गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ।
फिल्मको प्रिमियरमा विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, निर्माता तथा निर्देशक अशोक शर्मा, कलाकार केदार घिमिरे, किरण केसी, अनुप बराल, मनिष राउत, गायक कमल खत्री लगायत कलाकारहरुको उपस्थिति देखिएको थियो।
फिल्ममा दयाहाङ राइ संगै सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, वुद्दि तामाङ, श्रृष्टी गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा यो फिल्म बनेकोलाइ यम शेर्पाले निर्देशन गरेका हुन्।