फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा आशिष घिमिरे, पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली लगायत कलाकारहरुलाई देखिएको छ।
सशान कँडेलको निर्देशनमा रहेको यो फिल्म सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्मसँगको सहकार्यमा बनेको हो। शंकर कोइराला कार्यकारी निर्माता रहेको यो फुल्ममा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारीको लगानी रहेको छ।
अर्जुन तिवारी डीओपी रहेको यो फिल्ममा वुद्द थापा र मनोज खत्रीको सिनेमाटोग्राफी रहेको छ भने अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत छ ।