फिल्म ‘माइतीघर’ मा अभिनेता धीरज मगर अनुबन्धित।

निर्माण तयारीमा रहेको फिल्म ‘माइतीघर’ मा अभिनेता धीरज मगर अनुबन्धित भएका छन् । रोहित अधिकारीको निर्माण रहेको यो  फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी र दिकिला शेर्पा यसघि अनुबन्धित भइसकेका छन् ।

रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्मलाई मिलन तामाङले निर्देशन गर्दै छन्। आगामी दशैंको फूलपातिमा प्रदर्शनमा आउने यो फिल्मको छायांकन चैतको अन्तिम साताबाट सुरु हुनेछ। 

रविन शेरचन र धीरज तामाङ फिल्मका निर्माता रहेका छन् । फिल्मको कथा चन्द्रकुमार दोङले लेखेका हुन् भने कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन् । सुसन प्रजापतिको छायांकन रहेने यो फिल्मको पटकथा र संवाद रामशरण पाठकको रहने छ। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *