थापा गाउ स्थित ‘मण्डला थिएटर नेपाल’ मा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ को मञ्चनसुरु भएको छ। एक थिएटर नेपालको सहकार्य र चुलाचुली रङ्गमञ्चको प्रस्तुति रहेको नाटक सोमबारबाहेक हरेक साँझ ५ बजे र शनिबार दिउँसो अतिरिक्त १ बजे पनि मञ्चन हुनेछ ।
मुक्कुम्लुङमा आधुनिकताले ल्याएको संकट र आफ्नो अस्तित्व जोगाउन गरिएको प्रयासलाइ पनि प्रस्तुत गरिएको यो नाटक गीलु रातोस, अनिल सुब्बा र बिष्णु मोक्तानले लेखेका हुन् ।
नाटकमा बिष्णु मोक्तान, वेदना राइ, सुरज तमु, प्रतिमा राइ, मान्हाङ लावती, शोभा लिम्बु सौजन सेनेहाङ, मणि के राइ, भूमिका थारु, पवन कुमार गोले, अजय लामा, डेविड सुबेदी, सञ्जीत थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीन मगर, अन्जना राई, नुमा राई, अमरबाबु बुढाथोकी, आकाश सुहाङ लिम्बू र इशा सिंजाली लगायत कलाकारहरुको अभिनय रहेको छ ।
अनिल सुब्बाको निर्देशन रहेको यो नाटक मुजिङ्ना खेयङ्नाका माध्यमबाट किराँत समुदायको प्रारम्भिक मानव सभ्यता, याक्थुङ प्रकृतिसँगको सम्बन्ध र उनीहरुले भोगेका संघर्षमा बनेको छ।