देशभरि फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ प्रदर्शन भयो।

‘उजेली’ फेम्ड निर्देशक दीपेन्द्र गौचनको निर्देशनमा बनेको फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ प्रदर्शन भएको छ। नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर यो फिल्मको प्रिमियर केहि दिन अगाडी काठमाडौंमा प्रिमियर शो आयोजना गरिएको थियो। 

ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण लगायतका कलाकारहरूको अभिनय रहेको छ। 

नकिम उद्दिन कार्यकारी निर्माता रहेको यो फिलमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचनछन् भने सञ्जय भट्टचन सह-कार्यकारी निर्माताको रूपमा छन् ।

अमर महर्जनको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, शङ्कर महर्जनको द्वन्द्व निर्देशन रहेको छ भने दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको सङ्गीत रहेको छ । फिल्मको गीतमा सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *