अभिनेत्री दिया पुनले पर्यटन व्यवसायी रुक्मान लामासँग विवाह गरेकी छिन।

अभिनेत्री दिया पुनले पर्यटन व्यवसायी रुक्मान लामासँग आइतबार चितवनको भरतपुरमा भव्यताका साथ  विवाह गरेकी छन् । दिया र रुक्मानले सामाजिक संजाल इन्स्टाग्राममा विवाहको फोटो पोस्ट गर्दै खुसि व्यक्त गरेका छन्। 

दियाले वीर विक्रम’ बाट फिल्म अभिनय सुरु गरेकी हुन्। उनले मिस्टर झोले, मन्त्र, अन्तिम संस्कार र दयारानीमा अभिनय गरेकी छन् भने उनी अभिनित ‘एक्लो’ रिलिजको तयारीमारहेको छ। 

दिया र रुक्मानबीचको प्रेम सम्बन्ध तीन वर्ष लामो रहेको बताइएको छ । विवाह समारोहमा तामाङ परम्पराअनुसार उनीहरूले वैवाहिक जीवनको सुरुवात गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *