फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेता विजय बराल अनुबन्धित।

‘पेपरक्लिप प्रालि’ ले बनाउन लागेको फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेता विजय बराल अनुबन्धित भएका छन्। नेपालमा ५० करोड माथीको व्यापार गरेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का अभिनेता समेत रहेका बरालले यो फिल्मको स्क्रिप्ट मन परेर फिल्ममा  जोडिएको बताए। 

हिमाल न्यौपानेको निर्देशन रहेको यो फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। फिल्मले गाउँबाट सहरमा आएको एक सरल व्यक्तिले भोग्नुपरेका परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनको कथा पेस गर्ने छ। 

फिल्मका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी  र  निशान्त श्रेष्ठ रहेका छन् । फिल्ममा ‘नवीन गुरुङ’ को छायांकन रहने छ भने क्रियटिभ निर्देशक सम्राट महर्जन हुन्। एसोसियट निर्देशक को रुपमा ‘प्रेम गीत – ३’ का अभिनेता मनिस राउत रहेका छन्। 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *