चैत्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘११ः५५ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।
केशव पाण्डे, एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको यो फिल्मलाइ केशब पाण्डेले निर्देशन गरेका छन् । फिल्ममा श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज, सागर खनाल लगायत कलाकारहरुको अभिनय रहेको छ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको यो फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी रहेको छ। यो फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।
अल्मोडा राना उप्रेतीको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको यो फिल्ममा देव महर्जनको एक्सन, प्रद्युमन मिश्रको डीओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी रहेको छ भने पासाङ दावा शेर्पाको सम्पादन यो फिल्ममा छ ।