
मण्डला थिएटरमा चैत २ देखि नाटक ‘आकाशको बाटो’ मञ्चन हुने भएको छ। नाटको लेखक तथा निर्देशन “प्रदीप कुमार चौधरी” ले गर्ने छन्। नाटकमा कलाकार सोहित रावल, सशन बस्नेत, समस्ती राई, प्रमिला राई, मेलिना चाम्लिङ्ग राई, आकृति के.सी, झरना चोखाल, विपना बस्नेत, दिया दुमी राई, कृष्ण गुरुङ, कोहिनूर विश्वकर्मा लगायत कलाकारहरुको अभिनय रहनेछ।
मण्डला थिएटरकै प्रस्तुति रहेकाे नाटक सोमबारबाहेक साताको प्रत्येक दिन ४ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १२ः३० र ४ बजेको दुई साे हुने थिएटरले जनाएको छ। नाटक चैत १८ गतेसम्म चल्नेछ।