इन्डियन सुपरस्टार “सलमान खान” ले आफ्नो सोसियल मीडिया बाट आफू “आर मुरुगादास्” र लामो समय देखिका मित्र र निर्माता “साजिद नडीयाडवाला” संग काम गर्न उत्साहित रहेको भन्दै नयाँ चलचित्रको घोषणा गरेका हुन्।


नाम अझै नखुलाएको चलचित्र सन् २०२५ को इदको बेला प्रदर्शनमा ल्याउने तयारी छ।तमिल फिल्म निर्देशक आर मुरुगादास गजनी, होलिडेः ए सोल्जर इज नेभर अफ ड्युटीसहित हिट फिल्मले चर्चामा छन् । मुरुगादासले आफ्नो पहिलो हिन्दी फिल्म ‘गजनी’बाट भारतीय बक्स अफिसमा १०० करोड भारु कमाए । नाडियाडवालाले सलमानसँग बनाएको ‘किक’ले २०० भारु करोड कमाएको थियो ।