
भारतको केन्द्र सरकारले बिहीबार अश्लील सामग्री प्रसारण गरेको भन्दै १८ ओटीटी प्लेटफर्ममाथि रोक लगाएको छ । यससँगै १९ वेबसाइट, १० एप र ५७ सामाजिक सञ्जालका ह्याण्डललाई पनि रोक लगाइएको छ।

ओटीटी प्लेटफर्म र सोसल मिडिया प्लेटफर्मले मनोरञ्जनको नाममा अश्लील र आपत्तिजनक भिडियो प्रस्तुत गर्दै आएको सरकारको दाबी रहेको र यी ओटीटी एपलाई धेरै पटक चेतावनी दिइएपनि सामग्रीमा सुधार नगरिएको भारतिय केन्द्र सरकारको भनाइ छ।