
कृषा चौलागाईंको निर्देशनमा तयार भइरहेको चलचित्रमा स्टारहरूको लामो लाइन छ। चलचित्र ‘पिताम्बर’मा सौगात मल्ल, प्रदीप खड्का, प्रमोद अग्रहरी, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट लगायतका कलाकारको पनि अभिनय रहनेछ।

“पिताम्बरमा अब नायक विपिन कार्कीको पनि प्रवेश भएको छ । विपिनको “पिताम्बर”मा विशेष भूमिका रहनेछ। फ्लिमलाई आउँदो वर्षको तिहारमा प्रदर्शन गर्ने तयारी रहेको छ।