EFA Admission Open

“रंगेली”सय पर्दामा हिन्दी भाषामा रिलिज हुदै।

Rangeli

दयाहङ राई अभिनित ग्याङस्टर फिल्म ‘रंगेली’भारत प्रदर्शनका लागि तयारी भएको छ । यो फिल्मलाई एन मुभिज र जनता सिनेमाले भारत वितरण गर्न लागेका हुन्।हिन्दी डबिङको काम मुम्बईमा भैरहेको छ। चलचित्रले नेपालमा राम्रो प्रशंसा पाइरहेको छ र बक्स अफिसमा पनि राम्रै व्यापार गरिरहेको देखिन्छ।

“रंगेली” मा दयाहङ राई सँगै अर्पण थापा, प्रवीण खतिवडा, मिरुना मगर लगायत कलाकारहरुको अभिनय रहेको छ।

“रंगेली” मा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन रहेको छ। जितेन्द्र खतिवडा र अनुज जुङ्ग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराईले निर्माण गरेका हुन्। युबक कार्की र शिव शंकर चौलागाई सहनिर्माता संगै चलचित्रमा बिबेक खड्का एसोसियट निर्माता हुन् ।   

सेयर गर्नुहोस्