
विश्वमाझ “सगरमाथा”लाई चिनाउन योगदान दिएका हलिउड फिल्म निर्माता तथा छायांकार डेभिड ब्रेसियर्सको निधन भएको छ । मार्च १४ मा अमेरिकाको म्यासाचुसेट्समा ६८ वर्षीय ब्रेसियर्स घरमा मृत अवस्थामा फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ब्रेसयर्सको मृत्युको ठोस कारण भने अझै राम्रो सँग थाहा नपाएको परिवारले विज्ञप्ति दिएका छन्। आरोही समेत रहेका ब्रेसियर्सले पाँच पटक सगरमाथा आरोहण गरेका छन् ।
सन् २०१५ मा रिलिज भएको हलिउड फिल्म ‘एभरेस्ट’ थ्रीडीका उनी सहायक निर्माता र असिस्टेन्ट छायांकार थिए । सन् १९८३ मा उनी सगरमाथाबाट ‘लाइभ टेलिकास्ट’ गर्ने पहिलो व्यक्ति पनि हुन।