नेपाली फिल्मको प्रवर्द्धनमा सघाउन भारतीय कमेडियन तथा अभिनेता कपिल शर्मालाई शोभित बस्नेतले आग्रह गरेका छन् । यसमा कपिल पनि सकारात्मक रहेको बताएका छन्। निर्देशक बस्नेत केही समयअघि मुम्बई पुगेका थिए ।
शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ प्रदर्शनको तयारीमा छ। चैत २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्मको बिहीवार ट्रेलर रिलिज हुँदैछ।

फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भुमिका रहेको छ। पूजा शर्मा, सलोन बस्नेत र निर्देशक आफै शोभित बस्नेत भने गेस्ट अपिरियन्स को भूमिकामा छन।