देशभर ‘महाजात्रा’लाई २३४ शोज।

यही शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘महाजात्रा’लाई देशभरका हलले उच्च शोज दिएका छन्।

जसकाकारण, फिल्मलाई राम्रो ओपनिङ को मौका देशभरका मल्टिप्लेक्सले २३४ शोज उपलब्ध गराएका छन् । साथै, सिंगल हलहरुको समेत शोज हेर्दा फिल्मले साढे २ सय भन्दा माथिको शोज पाएको देखिन्छ। 

निर्देशक “प्रदीप भट्टराई”को ‘महाजात्रा’ मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । 

सेयर गर्नुहोस्