वैशाख १४ गतेबाट रिलिज हुने फिल्म ‘बोक्सीको घर’को ‘जिन्दगीको कथा’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिसा निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ ।

भिडियोमा नायिका केकी अधिकारी र निर्देशक सुलक्षण भारतीयलाई फिचरिङ गरिएको छ। फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतका कलाकारको पनि अभिनय छ ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्ममा बद्री अधिकारीको लगानी छ ।