नेपाली चलचित्र क्षेत्रका एक्शन नायक “विराज भट्ट” का छोरा समीर भट्ट, ‘सन्तोष सेन’को आगामी चलचित्र “बलिदान” मा मुख्य भुमिकामा अनुबन्धित भएका छन्। सन्तोष सेनले क्यारेक्टर पोस्टरसहित आफ्नो सामाजिक सञ्जालमा जानकारी गराएका छन्।


आफूहरुले खोजेको विद्रोही र एक्सन चरित्रको लागि समीर तयार रहेको निर्देशक सेनले बताएका छन्। समीरको अपोजिटमा लीड-फिमेलको कास्टिङभने अझै तय भएको छैन ।