बिहीबार बिहान ३-४ बजेको बीचमा चर्चित रियालिटी शो “कमेडी च्याम्पीयन” को टीम चडेको गाडी भक्तपुरमा दुर्घटनामा परेको हो। गाडीमा ६ जना सवारी थिए। दुर्घटनाका घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा उपचार भैरहेको छ।


निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भइसकेका छन् भने चारजनाको उपचार भैरहेको छ । सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराईको अस्पतालमा उपचार भैरहेको छ। उपचाररत एकजनाको अवस्था गम्भीर छ।